
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषा चौलागाईंले आगामी फिल्म ‘जहाजैमा’ को निर्देशन गर्ने घोषणा गरेकी छन्।
- फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ र २०२६ मा रिलिज हुने लक्ष्य छ।
- फिल्मले जापान जाने सपना बोकेका युवाको कथा प्रस्तुत गर्नेछ र कलाकारबारे खुलासा भएको छैन।
काठमाडौं । कृषा चौलागाईंले आगामी फिल्मको रुपमा ‘जहाजैमा’ निर्देशन गर्ने भएकी छन् । मंगलबार यो फिल्मको औपचारिक घोषणा गरिएको छ ।
जापान गएको बेला उनले त्यहाँको नेपाली निर्माता कम्पनी युएनए प्रोडक्सनसँग निर्माणबारे सम्झौता गरेकी थिइन् । सार्वजनिक थिम पोस्टरमा फिल्मबारे संक्षिप्त जानकारी दिइएको छ ।
पोस्टरमा एक पुरुषलाई विमानस्थलमा लगेज लैजाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाको कथा भन्छ । पछिल्लो समय अमेरिका, युरोप, अस्ट्रेलियाली सपनाको कथावस्तुमा फिल्म बनिरहेको बेला ‘जहाजैमा’ आउन लागेको हो ।
उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मको कलाकारबारे खुलाइएको छैन । पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको यो फिल्मलाई भदौदेखि छायांकन गर्ने तयारी छ ।
छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने उल्लेख छ । ‘पिताम्बर’पछि कृषाले हालै ‘पिताम्बर २’ बनाउने पनि बताएकी थिइन् । निर्माता कम्पनी युएनए इन्टरटेनमेन्टले जापानमा फिल्म वितरण गर्दै आएको छ ।
यसमा नेपाल र जापानी कलाकारको अभिनय हुने उल्लेख छ । एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा अहिले प्रि-प्रोडक्सनमा ब्यस्त छिन् ।
प्रतिक्रिया 4