+
+
Shares

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:३६

२७ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय रामबहादुर बिष्ट छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उनलाई २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशानुसार कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?