+
+
Shares

माधव नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र छलफल चलिरहेको जानकारी दिए।
  • उहाँले समाजवादी मोर्चाका नेताहरूसँग एकता र पार्टी प्रवेशको क्रम जारी रहेको बताए।
  • प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने लक्ष्य राखिएको बताए।

२७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन् ।

मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन् ।

‘केही दिन अघि दुईवटा पार्टीसँग एकता समायोजन पनि भयो । अहिले अरु पार्टीसँग पनि एकताको निम्ति छलपल चलेको छ,’ प्रचण्डले भनेका छन्, ‘विप्लव र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ ।’

प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको पनि जिकिर गरे ।

‘देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको छ । यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर हामीले विशेष योजना अन्तर्गत नै अभियान चलेको छ,’ प्रचण्डले भनेका छन् ।

उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा पनि ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको दाबी गरे ।

‘हुलाकी मार्गमा मात्रै ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको रेकर्ड देखियो । यो माओवादीप्रति देखिएको सकारात्मक भाव हो,’ प्रचण्डले भनेका छन् ।

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?