News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा भगवती थापा नियुक्त भएकी छन्।
- सहायक प्रशिक्षक, गोलकिपिङ प्रशिक्षक, टिम म्यानेजर, डाक्टर र फिजियोथेरापिस्ट लगायतका सपोर्ट स्टाफहरू चयन भएका छन्।
- यी सबैले नियुक्तिपत्र प्राप्त गरी टोलीको तयारीमा जुटेका छन्।
२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षक तथा कोचिङ स्टाफहरू चयन गरिएको छ।
यसअघिका मुख्य प्रशिक्षक राजेन्द्र तामाङसँगै भगवती थापा सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। थापा यसअघि पनि सहायक प्रशिक्षक थिइन् ।
यस्तै सुरज कुमार लामाले गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी यथावत् राख्ने भएका छन्। बिन्द्रा देवान टिम म्यानेजरको रूपमा यथावत् रहनेछिन्। देवान लामो समयदेखि व्यवस्थापकको रुपमा छिन् ।
डा. अलिशा राई टिम डाक्टरका रूपमा नियुक्त भएकी छन् भने शिला गिरी फिजियोथेरापिस्टको भूमिकामा रहनेछिन्। विकास गुरुङलाई किट म्यानेजर नियुक्त गरिएको छ।
उनीहरू सबैले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका छन्।
महिला टोलीको मुख्य प्रशिक्षकमा गत साता बेल्जियमका प्रो लाइसेन्स प्राप्त प्याट्रिक डे वाइल्ड नियुक्त भएका थिए।
प्रतिक्रिया 4