+
+
Shares

आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव

झन्डै १८ वर्षदेखिको प्रतीक्षा सकिएको बताउँदैै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानेपानी मन्त्री प्रदीप यादवले स्वच्छ पानीको पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता व्यक्त गरे।
  • उनले जतुवा खानेपानी आयोजना अब नियमित सेवा सञ्चालनमा प्रवेश गरेको बताए।
  • आयोजनाले दैनिक १७ लाख लिटर पानी उत्पादन गरी ६ हजार नागरिकलाई लाभ पुर्‍याउने लक्ष्य राखिएको छ।

२८ जेठ, विराटनगर । खानेपानी मन्त्री प्रदीप यादवले सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वच्छ खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व भएको बताए ।

‘जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो,मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ’, उनले भने । सरकार आफ्नो उद्देश्य र दायित्व पूरा गर्न प्रतिबद्ध रहेको उनको दाबी छ ।

झन्डै १८ वर्षदेखिको प्रतीक्षा सकिएको बताउँदैै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको बताए ।

आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले जानकारी दिए ।

आयोजनाले बिराटनगर–१४ सहित नजिकको नरही, वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका बासिन्दा पनि लाभान्वित हुने संस्थानले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?