+
+
Shares

संसद् बैठक भोलिसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १६:०१

२८ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

सभामुख घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरू आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए । तर सत्तापक्षका सांसदहरूले संसद् अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे ।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरूले मानेनन् । बरु उल्टै प्रतिपक्षी सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले विहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?