
News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाली सैनिक अड्डाले बुधबार ‘बीटीएस’ का जिमिन र जंगकुकलाई रिहा गरेको जानकारी दिएको छ।
- सामाजिक संचार माध्यमले बताए अनुसार, ब्याण्डका सदस्यहरू पुनर्मिलन र टूरको तयारीमा छन्।
- सैनिक सेवाको अवधि पूरा भएपछि, ‘बीटीएस’ का सदस्यहरूले नयाँ गीत र कार्यक्रमहरू प्रस्तुत गर्ने वाचा गरेका छन्।
सियोल । बुधबार दक्षिण कोरियाली सैन्य सेवाबाट थप दुई ‘बीटीएस’ ब्याण्डका सदस्य रिहा भएका छन् । योसँगै विश्वचर्चित के-पप ब्याण्डका स्टारहरू पुनर्मिलन हुने मिति नजिकिँदैछ ।
किनभने, अनिवार्य सैन्य सेवाको अवधि सकिएपछि ब्याण्डको जबर्जस्त पुनरागमन हुने अपेक्षा छ । फ्यानलाई खुसी बनाउन बीटीएस सदस्यहरूले टूर चलाउने र गीत सार्वजनिक गर्ने वाचा गरेका छन् ।
गायकहरू जिमिन र जंगकुक अनिवार्य सैन्य सेवाबाट रिहा भएका हुन् । दक्षिण कोरियाली सैनिक अड्डा नजिक आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
दक्षिण कोरियामा ३० वर्ष उमेरका सबै नागरिकलाई अनिवार्य सैन्य सेवाको नियम छ । जसको कारण, बीटीएसका सबै सदस्य सैन्य सेवामा सन् २०२२ मा जाँदा ब्याण्ड अहिले ठप्पजस्तै छ ।
संगीतका स्टारहरूलाई स्वागत गर्न धेरै मानिस भेला भएकाले टेलिभिजन र प्रसारण नेटवर्क अवरुद्ध भएको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन् । रिहा भएपछि यी दुई सदस्यले जब पत्रकार सम्मेलनमा बोल्न थाले, उपस्थित भीडले जयजकार गर्दा उनीहरू आवाज दबिएको थियो ।
‘यति लामो समयसम्म हामीलाई पर्खनु भएकोमा धेरै धेरै धन्यवाद’ जंगकुकले भने ।
‘अब हामी डिस्चार्ज भइसकेका छौं, मलाई लाग्छ हामीले सधैं कल्पना गरेको तस्वीर कोर्ने समय आएको छ । हामी राम्रो तयारी गर्नेछौं र तपाईंलाई हाम्रो अझ राम्रो संस्करण देखाउनेछौं’ उनले भने ।
जिमिनले सेना सजिलो ठाउँ नभएको बताए । ‘तैपनि, मसँग धेरै अर्थपूर्ण सम्झनाहरू छन्, र म तिनीहरूलाई लामो समयसम्म साँचिरहनेछु’ २९ वर्षीय गायकले भने ।
“सैन्य जीवन प्रत्यक्ष अनुभव गरेपछि, म भन्न सक्छु कि यो साँच्चै सजिलो छैन…, यदि तपाईं कुनै सिपाहीको नजिकबाट जानुभयो भने, दयाको सानो शब्द पनि उनीहरूको लागि संसार जितेजस्तै हुनेछ’ उनले थपे ।
त्यस क्षेत्रका सडकहरू रंगीन बत्तीको पोष्ट र ब्यानरहरूले सजाइएको थियो । जंगकुक र जिमिनको डिस्चार्जसँगै, समूहका ६ जना सदस्यले सैन्य सेवा पूरा गरिसकेका छन् ।
प्रतिक्रिया 4