+
+
Shares

गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको पथरी शनिश्चरे नगरपालिकाले गायक गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ले सम्मान गरेको छ।
  • उनी ‘पूर्वै रमाइलो’सहितका गीतबाट परिचित छन् र २०० भन्दा बढी गीतमा संगीत भरेका छन्।
  • कार्यक्रममा दर्पणले विजेतालाई एक गीत निशुल्क रेकर्ड गरिदिने घोषणा गरे।

मोरङको पथरी शनिश्चरे नगरपालिकाले गायक गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ले सम्मान गरेको छ । दोसल्ला, मुहारचित्र, २५ हजार नगद र सम्मान पत्रसहित उनलाई सम्मान प्रदान गरियो ।

कला साहित्य प्रवर्धन समितिको मनोनयनमा परेका उनी ‘पूर्वै रमाइलो’सहितका गीतबाट परिचित छन् । २ दशकदेखि कला प्रवर्धनमा लागेका दर्पणले सिर्जना गरेको उक्त गीत देश विदेशमा छरिएर बसेका नेपालीहरु माझ लोकप्रिय छ ।

दर्पणले २०० भन्दा धेरै गीतमा संगीत भरेका छन् । उनको आवाजमा ३ गीति एल्बम सार्वजनिक छन् भने २ एल्बममा संगीत छ । नगरपालिकामा गठित कलासाहित्य प्रवर्धन समितिले वर्षेनी १ जना स्रष्टालाई सम्मान गर्दै आएको छ ।

‘प्रथम पथरी शनिश्चरे सिङगिङ एण्ड डान्सिङ आईडल’ कार्यक्रमको समापनसँगै पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । कार्यक्रममा गायनतर्फ निर्णायकको भूमिकामा रहेका दर्पणले विजेतालाई व्यक्तिगत र सुरसंगम रेकर्डिङ स्टुडियोसँगको सहकार्यमा एक गीत निशुल्क एउटा गीत रेकर्ड गरिदिने समेत घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?