+
+
Shares

मल नपाएपछि पश्चिम नवलपरासीका किसान चिन्तित

पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे ।

रासस रासस
२०८२ जेठ २८ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीका किसानले आवश्यक मल नपाउँदा चिन्ता व्यक्त गरेका छन्।
  • सहकारी र सरकारी निकायले समयमा मल वितरण गर्न नसकेकोले समस्या देखिएको छ।
  • कृषि सामग्री कम्पनीले आवश्यक मलको अभाव र वितरण प्रक्रियाको ढिलाइको जानकारी दिएको छ।

२८ वैशाख, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीका किसानले आवश्कताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् । रोपाइँ गर्ने समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् ।

पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी निकायले आफूहरूको समस्यामा ध्यान नदिएको गुनासो गरे ।

‘मलको समस्या सधैँ बल्झिरहन्छ, मल नपाउँदा भारतबाट महँगोमा मल किनेर ल्याइन्छ । त्यो पनि प्रहरीहरूको गाली खानुपर्छ त कहिले कुटाइ खानुपर्छ,’ जनत्री यादवले भने । रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उनले बताए ।

‘धान रोपाइँ सुरु भइसकेको छ । खेती सुरू गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्ने हो । अहिले आवश्यकता बमोजिम मल पाउन सकिएको छैन,’ यादवले भने, ‘पश्चिम नवलपरासीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहुँदा समस्या सिर्जना भएको हो।’

उनका अनुसार खरिद बिक्री ऐन प्रक्रिया लामो रहेको र खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी परासीले जनाएको छ । कम्पनीसँग भएको मल सहकारीले समयमा नलगेपछि किसान समयमा खरिद गर्न पाएका छैनन् ।

धान रोपाइँ सुरु भइसकेको छ । खेती सुरू गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्ने हो । अहिले आवश्यकता बमोजिम मल पाउन सकिएको छैन-जनत्री यादव, किसान

जिल्लामा ८० वटा सहकारी छन् । जसमा ७३ वटा सहाकारीले कृषि सामग्री कम्पनीबाट मल लगेर किसानलाई वितरण गरिसकेको छ । रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाभित्र रहेका सात वटा सहकारीले समयमा मल नलगेको र अहिले १९० मेट्रिकटन डिएपी र १२४ दशमलव ३ मेट्रिकटन युरिया मल कम्पनीको गोदाममा मौज्दात रहेको कृषि सामग्री कम्पनीका कार्यालय परासीका प्रमुख ताराप्रसाद खनालले बताए । जेठका लागि ४२९ मेट्रिकटन युरिया र ३५८ मेट्रिकटन डिएपी मात्र नवलपरासीको कोटा परेको थियो।

‘परासीमा २० हजार ४८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका छन्,’ प्रमुख खनालले भने, ‘यसवर्षका लागि १८ हजार मेट्रिकटन युरिया र १२ हजार मेट्रिकटन डिएपी थप आवश्यकता छ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?