
सुजन कडरिया र प्रकाश पौडेल
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।
कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा भोलि बिहान ८ बजेबाट मतदान हुँदैछ ।
हिजै साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो । यद्यपि मतदान सरेर भोलि बिहानबाट मात्रै हुने भएको हो । बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने बताइएको छ ।
यसैबीच उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको हो ।
अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4