+
+
Shares
हलिउड :

सस्तो बजेटको ‘लिलो एन्ड स्टिच’ स्टारडम र महँगो बजेटको फिल्ममाथि भारी

डिज्नीको यो फिल्मले बक्स अफिसमा अहिलेसम्म ७७१ मिलियन डलरभन्दा धेरै कमाइ गरेको छ । यो फिल्म सन् २०२५ को दोस्रो सबैभन्दा ठूलो हलिउड रिलिज समेत बनेको छ । शीर्ष कमाई गर्ने एनिमेटेड फिल्म ‘ए माइनक्राफ्ट मुभी’लाई समेत यसले उछिनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम बजेटमा बनेको ‘लिलो एण्ड स्टिच’ले विश्व बक्सअफिसमा ७७१ मिलियन डलरभन्दा बढी कमाइ गर्‍यो।
  • फिल्मको सफलता मुख्यत: कलाकारको भूमिका, कथावस्तु र उच्च गुणस्तरको भिजुअल इफेक्टमा आधारित छ।
  • यसले देखाएको छ कि कम बजेटका फिल्म पनि बलियो कथावस्तु र कन्टेन्टले सफलता प्राप्त गर्न सक्छन्।

काठमाडौं । यतिबेला कम बजेटमा बनेको हलिउड फिल्म ‘लिलो एण्ड स्टिच’को चर्चा छ । बलियो कथावस्तु तर लो-बजेटको यो फिल्म ठूलो स्टार र बिग बजेटको ‘मिसन इम्पोसिबल ८’जस्ताको लागि विश्व बक्सअफिसमा चुनौति बनेको छ ।

डिज्नीको यो फिल्मले बक्स अफिसमा अहिलेसम्म ७७१ मिलियन डलरभन्दा धेरै कमाइ गरेको छ । यो फिल्म सन् २०२५ को दोस्रो सबैभन्दा ठूलो हलिउड रिलिज समेत बनेको छ । शीर्ष कमाई गर्ने एनिमेटेड फिल्म ‘ए माइनक्राफ्ट मुभी’लाई समेत यसले उछिनेको छ ।

यो फिल्म हिट हुनुमा लिलोको भूमिका निर्वाह गर्ने ६ वर्षीया माइया केलोहा र २०२५ लिलोको अराजक साथी बन्ने सानो अदम्य एलियन बीचको चरित्र चित्रण र नयाँ कथावस्तुलाई मानिएको छ । यो फिल्मले विश्वका ठूला अन्तर्राष्ट्रिय बजारमा उछाल कमाइ गरेको छ ।

कलाकारको छनोट र चरित्र चित्रणको गहिराई, उच्च गुणस्तरको भिजुअल इफेक्ट, एल्भिस प्रिस्लेको संगीत र त्योसँग जोडिएको नोस्टाल्जियालाई यसको सफलताको कारण मानिएको छ ।

१०० मिलियन डलरमा बनेको यो फिल्मले विश्व बक्सअफिसमा उति उछाल कमाइ गर्नेछ भनेर सायदैले सोचेका थिए । यो सफलताले कम बजेटमा बनेका फिल्म पनि कथावस्तुमा बलिया हुन्छन् र फिल्ममा कन्टेन्ट बलियो हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

अर्कोतर्फ, बक्सअफिसमा एकसाथ प्रदर्शनमा आएको टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अहिलेसम्म हलिउडमा निर्माण भएको सबैभन्दा महंगो बजेटको फिल्म बताइएको छ । यो फिल्मको बजेट ४०० मिलियन डलर हो । एकातिर महंगो बजेटको फिल्म र अर्कोतर्फ लो-बजेटको फिल्म, यो बक्सअफिस अन्तरविरोधले विश्व फिल्मलाई कन्टेन्ट महत्वपूर्ण हो भन्ने सम्झाएको छ । किनभने ‘मिसन इम्पोसिबल ८’मा क्रुजजस्ता ठूला स्टार एकातिर थिए भने मार्केटिङ रणनीति पनि सोहीअनुसार गरिएको थियो ।

सन् २०२५ को मेमोरियल डे सप्ताहन्तमा ‘लिलो एण्ड स्टिच’ यो अवसरमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । यो अहिलेसम्मको सबैभन्दा ठूलो ‘मेमोरियल डे ओपनर’ बन्यो । मिसन इम्पोसिबल ८ ले फ्रान्चाइजीको रेकर्ड त बनायो तर, ‘लिलो एण्ड स्टिच’ले बलियो ओपनिङ गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?