+
+
Shares

विपक्षी दलहरूको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ११:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा अवरोधको विषयमा विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्नेछ।
  • बुधबारको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गरेको थियो।
  • सत्तापक्षले त्यसलाई स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको कारण विपक्षी दलहरूको फेरि बैठक बस्न लागेको हो।

२९ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा उनीहरू छलफलमा जुट्न लागेका हुन् ।

नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

बुधबार बसेको विपक्षी दलहरूको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गर्दै त्यसका सत्तापक्षको धारणा मागेको थियो । सत्तापक्षले त्यसलाई स्वीकार गर्न नसकिने भनेको छ ।

यो अवस्थामा फेरि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?