
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिकाले २ असारमा चौथो महिला उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ।
- सम्मेलनमा महिला उद्यमीले उत्पादन गरेको सामानहरू प्रदर्शन गरिनेछ र उत्कृष्टलाई सम्मान गरिनेछ।
२९ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले २ असारमा आयोजना गर्न लागेको चौथो महिला उद्यमी सम्मेलन-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
ललितपुरमा हुने सम्मेलनमा महिला उद्यमीले उत्पादन गरेको सामानहरू ३० वटा कक्षमा राखेर प्रदर्शन गरिने छ ।
महिला उद्यमीको समस्या सुन्न र आवश्यकता बुझ्न सम्मेलन आयोजना गरेको ललितपुर महानगरकी कार्यवहाक नगरप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार महिला उद्यमशीलता सहजीकरण केन्द्र कार्यान्वयन समितिको बैठकमा उद्यमी महिलालाई प्रोत्साहित गर्न सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा उत्कृष्ट उद्यमी महिलालाई सम्मान गर्ने ललितपुर महानगर महिला विकास महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4