+
+
Shares

सभामुखसँग प्रचण्डले गरे छुट्टै छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब २० मिनेट छलफल गरे।
  • उनीहरूले संसद् भवनमा जारी अवरोध हटाउने र बजेटमाथिको छलफल अघि बढाउनेबारे छलफल गरे।
  • प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् र विपक्षी दलहरूले संसद् अवरोध जारी राखेका छन्।

२९ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो ।

प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।

सभामुख घिमिरेले बजेटमाथिको छलफलको तालिाका प्रभावित भएको भन्दै सदन खुलाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

बजेटमाथिको छलफल, निजामती विधेयक लगायत अगाडि बढाउन नेतृत्व लिन प्रचण्डलाई सभामुखले आग्रह गरेका हुन् ।

सभामुखसँग भेट्नुअघि प्रचण्डले माधव कुमार नेपाल लगायत विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?