
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको नख्खु कारागारमा एक कैदीको मृत्यु भयो।
- उनी भान्छामा काम गर्दा दालमा चिप्लिएर जले र उपचारका क्रममा मृत्यु भए।
- उनी कर्तव्य ज्यान र बलात्कारको सजाय भुक्तान गरिरहेका थिए।
२९ जेठ, काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको मृत्यु भएको छ ।
२५ गते कारागारभित्र भान्छामा काम गर्नेक्रममा पोखिएको दालमा टेक्दा चिप्लिएर लड्दा उनको शरीरको विभिन्न भागहरू जलेको थियो ।
त्यसपछि तत्कालै उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको कारागार प्रशासक भीमराज कोइराला बताउँछन् ।
उपचारकै क्रममा उनको बुधबार अस्पतालमा मृत्यु भएको बताइएको छ । मृत्यु भएका कैदी कर्तव्य ज्यान र बलात्कार कसुरमा सजाय भुक्तान गर्दै थिए ।
उनको शव आफन्तलाई जिम्मा लगाइसकिएको कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4