+
+
Shares

नापतौल हेरफेर गर्ने ३ उद्योगलाई ४ लाख ६० हजार जरिबाना

काठमाडौं महानगरपालिका–२२ स्थित सती कम्प्युटर र डिजिटल कर्नरलाई आफ्ना इलेक्ट्रोनिक्स उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भन्दै विभागले समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० उद्योग र फर्मको अनुगमन गरी तीनलाई जरिबाना तिराएको छ।
  • सती कम्प्युटर र डिजिटल कर्नरलाई रिलेबलिङ र गुणस्तर हेरफेरको आरोपमा २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ।
  • सिटी म्याक्स सप्लायर्सलाई दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको आरोपमा ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ।

२९ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार ३ उद्योग तथा फर्मलाई ४ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–२२ स्थित सती कम्प्युटर र डिजिटल कर्नरलाई आफ्ना इलेक्ट्रोनिक्स उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भन्दै विभागले समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

यी दुई उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिमम जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–२२ कै सिटी म्याक्स सप्लायर्सलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले उक्त रेडिमेड तथा थान कपडा पसललाई दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

विभागको अनुगमन टोलीले बिहीबार २० वटा उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमन गरेका ११ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ५ उद्योगलाई सामान्य निर्देशन मात्रै दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?