
News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन्।
- उहाँले अर्थतन्त्र कमजोर रहेको र सरकारसँग तलब वृद्धिको माग सम्बोधन गर्न कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
- देउवाले शिक्षकहरूले राजनीतिक आन्दोलन बाहेक अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको बताए।
२९ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन् । बिहीबार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए ।
‘नेपालको अर्थतन्त्रले पनि धान्नुपर्यो । अर्थमन्त्री भन्छन् पैसा नै छैन । त्यस्तो अवस्था छ । शिक्षक साथीहरु सबैलाई तलब बढाउन परेको छ । यसले पुग्दैन,’ देउवाले भने, ‘समयअनुसार धेरै महंगी बढेको छ । तलबले पुग्दैन । त्यस्तो अवस्था छ । यस्तो किसिमको बाटो निकाल्नुपर्छ हामी सबैले । म पनि सरकारसँग कुरा गरौँला ।’
शिक्षकका जायज मागहरुलाई केही हदसम्म भएपनि पूरा गर्ने विश्वास आफूले लिएको देउवाले बताए ।
सभापति देउवाले शिक्षकहरुले नेपालको राजनीतिक आन्दोलन बाहेक पनि अन्य धेरै विषयमा सहयोग गरिरहेको पनि बताए ।
प्रतिक्रिया 4