+
+
Shares

‘भ्वाइस किड्स’ चौंथो सिजन आजदेखि, शीर्ष प्रायोजकमा ‘वात्सल्य’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस किड्स’को चौंथो सिजनको प्रसारण आजदेखि हिमालय टिभी र ‘भ्वाइस अफ नेपाल’को युट्युब च्यानलबाट सुरु हुन्छ।
  • ४८ जना बालबालिका ‘ब्लाइन्ड अडिसन’मा प्रतिस्पर्धा गर्नेछन्, जसमा १२ जना प्रतियोगी प्रत्येक कोचको समूहमा रहनेछन्।
  • सिजनको कोचमा सत्यराज आचार्यसहित खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार रहेका छन् र शोको प्रिमियर सफल भएको जनाइएको छ।

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ चौंथो सिजनको प्रसारण आजदेखि सुरु हुँदैछ । हिमालय टिभी र ‘भ्वाइस अफ नेपाल’को युट्युब च्यानलबाट बेलुका ८ बजेदेखि प्रसारण सुरु हुँदैछ ।

‘ब्लाइन्ड अडिसन’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ, एकजना कोचको समूहमा १२ जना प्रतियोगी हुनेछन् । नेपालसहित विदेशबाट आएका नेपालीभाषी ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् ।

शो निर्देशक लक्ष्मण पौड्यालका अनुसार चौंथो सिजन पनि दर्शकको लागि धेरै रोचक हुने अनुमान छ । नयाँ सिजनको कोचमा सत्यराज आचार्यसहित खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार कोचको रुपमा हुनेछन् ।

चौैैंथो सिजनलाई विहिबार बेलुका आयोजित समारोहमा  प्रिमियर गरिएको छ । प्रिमियरमा पहिलो एपिसोड स्क्रिनिङ गरिएको थियो । प्रिमियरमा सहभागी दर्शकले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको जनाइएको छ ।

मुख्य प्रायोजकमा ‘वात्सल्य’

चौंथो सिजनको मुख्य प्रायोजकमा प्रजनन उपचारको क्षेत्रमा अग्रणी संस्था नेचुरल आइएभीएफ वात्सल्य जोडिएको छ ।

‘द भ्वाइस किड्समा बालबालिकाको आवाजले भविष्यको सम्भावना बोकेको हुन्छ भने वात्सल्यमा त्यो भविष्य जन्मिन्छ । दुई ब्राण्डबीचको सहकार्य, आशा, विश्वास र उज्वल भविष्यप्रति समर्पित साझा उद्देश्य हो’ जारी विज्ञप्तिमा वात्सल्यले भनेको छ ।

आइभीएफले आधुनिक प्रविधिको माध्यमबाट हजारौं परिवारलाई सुरक्षित र गोपनीय उपचार प्रदान गर्दै आइरहेको छ । काठमाडौं नक्सालस्थित क्लिनिकबाट सुरु भएको यसका सेवा अहिले पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, भक्तपुर र ललितपुर गरि ८ वटा जिल्लामा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?