+
+
Shares

स्वास्थ्य मन्त्रालयबाट २४ जना उच्च कर्मचारी फिर्ता हुँदै, को–कहाँ ?

स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो बढ्सँगै मन्त्रालयले तीन दिन भित्रमा फिर्ता हुने पत्रचार गरको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:५४
बायाँबाट डा. कृष्ण पौडेल, डा.अनुप बास्तोला, डा. सरोज शर्मा र डा.प्रकाश बुढाथोकी।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्रालयले तीन दिनभित्र काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी २४ कर्मचारीलाई हाजिर गराउने निर्देशन दिएको छ।
  • मन्त्रालयले कर्मचारीलाई पदस्थापन गर्न र विभागीय कारबाही गर्न तयारी गरिरहेको छ, साथै नीति र नियमको उल्लंघन भएको भन्दै आलोचना भएको छ।
  • स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञले नेतृत्व परिवर्तन र नियम उल्लंघनको विषयमा टिप्पणी गर्दै सुधारका लागि योग्य व्यक्तिलाई नियुक्ति आवश्यक रहेको बताए।

३० जेठ काठमाडौं । काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशनसँगै मन्त्रालयमा कार्यरत २४ जना उच्च कर्मचारी फिर्ता हुने भएका छन् ।

स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार मन्त्रालय अन्तर्गतका निकायमा काजमा रहेका कर्मचारी तीन सयभन्दा बढी छन् । ‘सबै अस्पताललाई बिहीबार परिपत्र भइसकेको छ,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘ काजमा र सरुवा भई रमाना हुन बाँकी कर्मचारी तीन सय हाराहारीमा छ ।’

उक्त निर्णय कार्यावन्यन भए नभएको मन्त्रालयले निरन्तर अनुगमन गर्ने ती कर्मचारी बताए । ‘यदि कुनै कर्मचारीले नमानेको खण्डमा तलबभत्ता लगायतका सेवा सुविधा बापतको रकम असुल गरी विभागीय कारबाही समेत गरिनेछ,’ उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयमा भने २४ जना उच्च कर्मचारी रहेका छन् । शुक्रबार मन्त्रालयबाट निर्णय गराएर फिर्ता गराउने तयारी छ ।

‘ स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको पाइएको छ । मन्त्रालयमा काजमा रहनु भएको २४ जनालाई शुक्रबार नै फिर्ता गराउने तयारी छ,’ उच्च स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. कृष्णप्रसाद पौडेल छन् । ११ औं तहका बाल रोग विशेषज्ञ डा.पौडेलको दरबन्दी कान्ति बाल अस्पतालमा छ । पौडेल ४ वर्ष देखि मन्त्रालयमा रहेका छन् ।

यस्तै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माको दरबन्दी वीर अस्पतालमा छ । वीर अस्पतालको ११ औं तहका रेडियोलोजिष्ट डा. शर्मालाई कामकाजका लागि असोज ०८१ मा मन्त्रालय तानिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी पनि फिर्ता हुने भएका छन् । उनको दरबन्दी पनि वीर अस्पतालमा रहेको छ । स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख समेत रहेका बुढाथोकीलाई ०८१ असोजमा काजमा मन्त्रालय तानिएको थियो ।

स्वास्थ्यमन्त्रीले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवा प्रवाहको सिद्धान्तविपरीत कामकाजमा तान्दै आएका छन् । नेतृत्व परिवर्तन गर्दा वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी गर्ने गरेका छन् ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दबरन्दीमा रहेको डा. अनुप बास्तोला पनि २५ कात्तिकमा कामकाजका लागि मन्त्रालयमा तानिएका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले १६ मंसिरमा गुनासो सुनुवाई समिति गठन गरेका थिए । जसको संयोजकत्वमा डा. बास्तोलालाई दिएका थिए ।

यस्तै १० औं तहका डा. पुष्पराज पौडेल, डा. सन्तोष मानन्धर, विमला नापित, हेमराज पुनमगर, रमेश प्रसाद जैशी, गोपाल पाण्डे, विशाल उपाध्याय, रोहित घिमिरे, डिल्लीराज आचार्य लगायतका रहेका छन् ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो बढेसँगै मन्त्रालयले तीन दिन भित्रमा फिर्ता हुने पत्रचार गरको थियो ।

‘…काजमा कार्यरत र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन साथै उक्त बमोजिम कार्य नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा वापतको रकम असुल गरी नियमानुसार विभागीय कारबाही समेत हुने व्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०८२/२/२८ को निर्णयानुसार अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ ।

स्वास्थ्यमन्त्रीले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवा प्रवाहको सिद्धान्तविपरीत कामकाजमा तान्दै आएका छन् । नेतृत्व परिवर्तन गर्दा वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी गर्ने गरेका छन् ।

मन्त्रीले ऐन, नियम विपरित काम लाग्दा स्वास्थ्य सचिवले प्रतिवाद गर्नुपर्ने हो । तर उनीहरु समेत मुकदर्शक भएर बस्नु लाजमर्दो भएको बताउँछन्, स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल ।

‘पद तथा समूह मिलेका मानिसहरु फाजिलमा बसिरहेका छन् । आफ्नो पार्टीका मानिसलाई घुसाउने वा आर्थिक लाभको नाममा ऐन, नियम विपरीत काम भइरहेको हुन्छ’ डा. प्याकुरेलले अनलाइनखबरसँग भने, ‘मन्त्रीले आफूखुसी निर्णय गर्दा सचिवहरु मुकदर्शक भएर बस्नु लाजमर्दा हो ।’

त्यसैले स्वास्थ्य सेवा ऐनमै कार्यकाल तोक्ने र प्रतिस्पर्धामार्फत क्षमता भएका मानिसहरुलाई नियुक्ति नदिँदासम्म स्वास्थ्य क्षेत्रमा सुधार नहुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?