+
+
Shares

औद्योगिक करिडोर निर्माण गर्न २६ करोड बजेट विनियोजन

रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि ४ करोड ४० लाख रुपैयाँ र सडक डिभिजन हेटौंडाका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १५:३६
रानी-धरान सडक/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार मन्त्रालयले २०८२/८३ का लागि ६ वटा आयोजनालाई २६ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
  • रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि ४ करोड ४० लाख र सडक डिभिजन हेटौंडाका लागि ५ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।
  • अन्य आयोजना जस्तै उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार र महाकाली पुल योजनाका लागि पनि बजेट निर्धारण गरिएको छ।

३० जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक करिडोर निर्माणका लागि ६ वटा आयोजनालाई २६ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

भौतिक मन्त्रालयले यी आयोजनाका लागि कुल २६ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको हो ।

भौतिक मन्त्रालयको रातो किताबका अनुसार रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सडक डिभिजन हेटौंडाका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुरका लागि २३ लाख रुपैयाँ राखिएको छ ।

सडक डिभिजन जनकपुर धनुषाले ४ करोड ६० लाख र सडक डिभिजन बुटवल रुपन्देहीका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै कञ्चनपुरको महाकाली पुल योजनाका लागि १ करोड ४० लाख रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?