
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म ‘आ बाट आमा’ मा भारतीय अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन्।
- निर्देशक चन्द्र पन्तले भने, ‘उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा देखिनुहुनेछ।’
- फिल्म भदौदेखि छायांकन सुरु हुनेछ र फागुन १५ गते प्रदर्शनमा आउनेछ।
काठमाडौं । भारतीय फिल्मका अभिनेता प्रदीप रावत आगामी नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन् । चन्द्र पन्तले निर्देशन गर्ने उक्त फिल्ममा रावत जोडिएको जनाइएको छ ।
पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’बाट रावतले नेपाली फिल्ममा डेब्यु गरेका थिए । पन्तले विज्ञप्ति जारी गर्दै रावतले आफूले निर्देशन गर्ने आगामी फिल्म साइन् गरेको जनाए ।
उनले भने, ‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौं । उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा देखिनुहुनेछ । नितान्त नेपाली लोकमा नेपाली स्टाइलको भुमिका निवार्ह गर्दै हुनुुहन्छ ।’
नेपाली फिल्ममा काम गर्न आफू उत्साहित रहेको उनले बताए । अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा रावतले नीता ढुंगानाको बुवाको भूमिकामा अभिनय गरेका थिए ।
रावत चर्चित बलिउड फिल्म ‘गजिनी’मा भिलेनको रुपमा नेपालमा समेत चर्चित छन् । उनी यसमा आमिर खानसँग देखिएका थिए ।
यसअघि यो फिल्ममा विपना थापा र शाह अनुबन्धित छन् । पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् ।
फिल्मको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् । भदौदेखि छायांकन तयारी छ । कलाकार र प्राविधिकको टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाई छ ।
थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो । निर्देशक पन्तले यो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन् । उनका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया 4