+
+
Shares

हेवाखोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो

बर्खामा यातायात सञ्चालनका लागि बेलिब्रिज जोड्ने काम आज सक्ने तयारी थियो । पुल जोड्ने क्रममा भाँचिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ।
  • बेलिब्रिज जोड्ने क्रममा आज भाँचिएको हो र पाँच जना मजदुर गम्भीर घाइते भएका छन्।
  • पुल भाँचिने कारण खुल्न सकेको छैन र घाइतेलाई उपचारका लागि पठाइएको छ।

३१ जेठ, विराटनगर । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह भाँचिएको हो । पुल भाँचिदा पाँच जना गम्भीर घाइते भएका छन् ।

मेची राजमार्ग अन्तरगत हेवाखोलाको पुल गत वर्षको बढीले बगाएको थियो । पुल बगेपछि यातायातका लागि खोलामा ड्राइभर्सन बनाइएको छ ।

बर्खामा यातायात सञ्चालनका लागि बेलिब्रिज जोड्ने काम आज सक्ने तयारी थियो । पुल जोड्ने क्रममा भाँचिएको हो ।

पुल भाँचिदा निर्माणमा खटिएका पाँच जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनका अनुसार पुल भाँचिने कारण खुलेको छैन् । घाइतेलाई उपचारका लागि पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?