+
+
Shares

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते ७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्चले तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गरेको छ।
  • संसदीय सुनुवाइ समितिले १० दिनभित्र उजुरी गर्न आह्वान गरेको हो।
  • उजुरी समितिले पदमा उपयुक्त नभएको ठहर गरेमा कारबाही गर्न सकिन्छ।

१ असार, काठमाडौं । सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान गरेको हो ।

उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?