+
+
Shares

बढ्यो प्याजको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा सुकेको प्याजको मूल्य आइतबार प्रतिकिलो ४० देखि ४२ रुपैयाँ रहेको छ।
  • अघिल्लो साता यसको मूल्य ३६ देखि ३८ रुपैयाँ थियो।
  • व्यवसायीहरूले मूल्यमा थोरै मात्र परिवर्तन हुने बताएका छन्।

१ असार, काठमाडौं । बजारमा सुकेको प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको मूल्य बढेको देखाएको हो ।

कालीमाटी बजारमा आइतबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भइरहेको छ ।

जेठ अन्तिम साता सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा कारोबार भएको थियो ।

प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?