
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारले आइतबारका लागि गाजरको मूल्यसूची जारी गरी भाउ बढाएको जनाएको छ।
- लोकल गाजरको थोक मूल्य शनिबारको तुलनामा १० रुपैयाँले बढेर ६५ देखि ७५ रुपैयाँ पुगेको छ।
- गाजरको मूल्य जेठको पहिलो सातादेखि क्रमिक रूपमा बढिरहेको देखिन्छ।
१ असार, काठमाडौं । बजारमा गाजरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले गाजरको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा लोकल र तराई गरी २ प्रकारका गाजर किन्न पाइन्छ ।
आज आइतबार लोकल गाजर प्रतिकिलो थोक मूल्य ६५ देखि अधिकतम ७५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य शनिबारको तुलनामा १० रुपैयाँ बढी हो । शनिबार लोकल गाजर प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै तराई गाजर आज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ । ९ जेठमा प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4