+
+
Shares

बागमतीको बजेट पूर्वनिर्धारित समयमा नआउने, साढे ५ बजेलाई मन्त्रिपरिषद् बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १४:१७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारको बजेट समयमै प्रस्तुत नहुने भएको छ र बैठक स्थानान्तरण गरिएको छ।
  • सत्ता साझेदार दलबीच बजेटको रकममा विवाद हुँदा बैठक ढिलो भएको हो।
  • मन्त्रिपरिषद् बैठक साढे ५ बजेलाई बोलाइएको र बजेट पास भएपछि मात्र प्रदेशसभा बैठक हुने बताइएको छ।

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने भएको छ ।

बजेटमाथि सरकारभित्र विवाद उत्पन्न भएपछि बजेट प्रस्तुतका लागि ३ बजेलाई बोलाइएको प्रदेशसभा बैठक करिब ७ बजेलाई राख्ने तयारी भइरहेको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले साढे ६ बजेपछि मात्रै बैठक बस्ने जानकारी दिए । सचिवालयले बैठक स्थानान्तरण भएको सम्बन्धी सूचना निकाल्न लागेको गुप्ताले बताए ।

सरकारले मन्त्रिपरिषद् बैठक साढे ५ बजेलाई राखेको छ । भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले साढे ५ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यसपछि मात्रै प्रदेशसभा बस्ने जानकारी दिए । यसअघि मन्त्रिपरिषद् बैठक दिउस साढे २ बजेलाई बोलाइएको थियो ।

सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमति भन्दा बढीको बजेट ल्याउने तयारी भएपछि सरकारमा तनाव भएको थियो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच बजेट ६८ अर्ब भन्दा बढी बढाउन नपाइने समझदारी भएकोमा मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब पुर्‍याएको आरोप लगाइएको छ ।

जसकारण सरकारमा विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको एक सांसदले जानकारी दिए । आजै बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट नसच्चिए मन्त्रिपरिषद् बैठकबाट बजेट पास हुनेमा अन्यौलता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?