+

अरहान्त र विपनालाई एनएसआरए राष्ट्रिय स्क्वास उपाधि

२०८२ असार  १ गते १६:०६ २०८२ असार १ गते १६:०६
अरहान्त र विपनालाई एनएसआरए राष्ट्रिय स्क्वास उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघले आयोजना गरेको १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपमा अरहान्त केशर सिम्ह र विपना ब्लोनले उपाधि जिते।
  • अरहान्तले पुरुष एकल फाइनलमा दीपक थापालाई ११–६, ११–७ र ११–५ ले पराजित गरे भने विपनाले महिला एकलमा स्वस्थानी श्रेष्ठलाई सोझो सेटमा हराइन्।
  • बागमतीले पुरुष र महिला टिम इभेन्टमा पनि स्वर्ण पदक जित्यो।

१ असार, काठमाडौ् । नेपालका नम्बर एक स्क्वास खेलाडीद्वय अरहान्त केशर सिम्ह र विपना ब्लोनले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार बागमती प्रदेशका अरहान्तले मधेश प्रदेशका दीपक थापालाई फाइनलमा ११–६, ११–७ र ११–५ ले सजिलै हराएर पुरुष एकल उपाधि जिते ।

यसैगरी महिला एकल उपाधि जित्न बागमतीकी विपनाले दोस्रो वरियताकी बागमतीकै स्वस्थानी श्रेष्ठलाई सोझो सेटमा १२–१०, ११–७ र ११–७ ले हराइन् ।

गत महिना प्रथम बागमती प्रेसिडेन्ट स्क्वास प्रतियोगिताको फाइनलमा पनि विपना स्वस्थानीलाई फाइनलमा हराएर च्याम्पियन बनेकी थिइन् । अरहान्त पनि बागमती प्रेसिडेन्ट कपमा उपाधि जितेका थिए ।

प्रतियोगितामा बागमतीले पुरुष र महिला टिम इभेन्टमा पनि स्वर्ण पदक जितेको थियो ।

राष्ट्रिय स्क्वास च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय