
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा बैंकिङ कसुरका तीन प्रतिवादीलाई ३९ लाख ५० हजार रुपैयाँ बिगो सहित पक्राउ गरियो।
- उनीहरूमा मुना खातुन, मोहमद अली र अर्जुन थापा छन्, जसविरुद्ध उजुरी परेको थियो।
- प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको जनाएको छ।
१ असार, काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी समातिएका छन् ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापा छन् ।
बूढानीलकण्ठबाट पक्राउ गरेकी मुना १६ लाख, ठेचोबाट पक्राउ परेका अली ११ लाख र बत्तिसपुतलीबाट पक्राउ परेका थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो ।
उनीहरूमाथि बैंकिङ कसुुरको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4