+
+
Shares

कोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयो : आङ्बो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १७:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्द्रबहादुर आङ्बोले बजेटलाई परम्परागत र प्राथमिकता नदिएको टिप्पणी गरे।
  • आङ्बोले बजेटले कुनै परिणाम र उपलब्धि हासिल गर्न नसक्ने बताए।
  • आङ्बोले बजेट वितरण र प्राथमिकता निर्धारणमा कमी देखाएको बताएका छन्।

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छन् ।

उक्त बजेट वक्तव्यमाथि प्रतिक्रिया दिँदै आङ्बोले भनेका छन्, ‘दुई वटा दलले आफ्ना कार्यकर्तालाई मात्रै खुसी बनाउनेगरी बजेट आएको छ । यसले कुनै पनि परिणाम र उपलब्धि हासिल गर्न सक्दैन ।’
उनले परम्परा धान्ने खालको मात्रै बजेट आएको बताउँदै कुनै पनि प्राथमिकता निर्धारण गर्न नसकेको बताए ।

‘बजेट सामान्यतया परम्परा धान्ने खालको मात्रै आएको छ । बजेटले कुनै पनि प्राथमिकता निर्धारण गरेको छैन । उहाँहरूले सबैभन्दा बढी प्राथमिकता कृषिलाई जस्तो भनेर अघि सार्नुभएको छ,’ आङ्बोले भने, ‘प्रदेश सरकारले ४ अर्बभन्दा बढी छुट्याउने गरेको बजेट अहिले सवा २ अर्बमा आएर कृषिलाई प्राथमिकतामा राख्न खोजिएको छ ।’

वितरणमुखी र कनिका छरेको जस्तो बजेट आएको उनले बताए । १संघीयता कार्यान्वयनका हिसाबले लाखको बजेट केन्द्रमा आयो । ५० हजारको बजेट प्रदेशमा आउँदैछ । बजेट वक्तव्यले त्यो संकेत गरेको छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?