 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार काठमाडौंमा प्रतिनिधि सभाको बैठक ३ घण्टा १७ मिनेट चलेको थियो।
- रास्वपा सांसदहरूले नाराबाजी गरे र राप्रपा सांसदहरूले बहिष्कार गरे।
- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरे।
१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीबीच सवा ३ घण्टा प्रतिनिधि सभाको बैठक चलेको छ ।
आइतबार रास्वपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक अवधिभर नाराबाजी गरिरहे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरे ।
रास्वपाको वेल घेराउ र नाराबाजी तथा राप्रपाको बहिष्कारबीच आइतबार ३ घण्टा १७ मिनेट प्रतिनिधि सभाको बैठक चल्यो । प्रतिपक्षी दलहरूको विरोध र अवरोधकाबीच चलेको सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल प्रारम्भ गराए ।
आइतबार नै प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस भएको छ । अर्को बैठक सोमबार बिहान ११ बजेका लागि राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4