+
+
Shares

टिकटकर रमा बस्नेत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १५:०३
Photo Credit : रमा बस्नेतको टिकटक प्रोफाइल

१ असार, काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

उनले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहिन विषयहरु प्रस्तुत गरेको पाइएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

उनको घर भने खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ रहेको प्रहरीले बताएको छ । भक्तपुरबाट आइतबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर साइबरर अपराध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

उनी टिकटकमा सक्रिय रहेको प्रहरीले बताएको छ । उनका तीन/चार वटा आईडी रहेको एक अनुसन्धान अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?