 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रचना रिमाललाई आन्द्राको संक्रमणपछि ह्याम्स अस्पतालमा उपचार गराइयो र उनी डिस्चार्ज भइ घरमै आराम गरिरहेकी छन्।
- उनी रुकुम पश्चिम जाने क्रममा बिरामी परेपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएकी थिइन्।
- उनले आफ्नो स्वास्थ्य अवस्थाबारे तस्वीरसहित जानकारी दिँदै चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको बताइन्।
काठमाडौं । आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । शनिबार डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी छन् ।
आफ्नो स्वास्थ्य अवस्थाबारे एक तस्वीरसहित आइतबार बेलुका प्रशंसकलाई जानकारी दिएकी छन् । चिकित्सकको सल्लाहअनुसार अहिले घरमा आराम गरिरहेको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छन् ।
सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौंमा परीक्षण गर्दा आन्द्राको संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4