+
+
Shares

स्याउ, केरा र अंगुरको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको अनुसार, आज स्याउ, केरा र अंगुरको भाउ बढेको छ।
  • फुजी स्याउको भाउ प्रतिकिलो १२ रुपैयाँ बढेर २८४ रुपैयाँ पुगेको छ।
  • केरा र अंगुरको भाउ क्रमशः १४५ र २३२ रुपैयाँ कायम भएको छ।

२ असार, काठमाडौं । बजारमा स्याउ, केरा र अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यी फलफूलको भाउ बढेको देखाएको हो ।

आज सोमबार फुजी स्याउको भाउ प्रतिकिलो थोकमा १२ रुपैयाँ बढेको छ । हिजो आइतबार फुजी स्याउ प्रतिकिलो थोकमा २७२ रुपैयाँमा किनबेच भएको थियो । आज भने फुजी स्याउको प्रतिकिलो थोक मूल्य २८४ रुपैयाँ कायम छ ।

यस्तै आज केराको भाउमा सामान्य वृद्धि भएको छ । आज केरा प्रतिदर्जन १४५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार केरा प्रतिदर्जन १४३ रुपैयाँमा किनबेच भएको थियो ।

आज हरियो अंगुरको भाउ प्रतिकिलो थोकमा ६ रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो २२६ रुपैयाँमा किनबेच भएको हरियो अंगुर आज २३२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?