+
+
Shares

चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

रासस रासस
२०८२ असार २ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैँडाको आक्रमणमा परी भरतपुरको जङ्गे कुमालको मृत्यु भयो।
  • उनी माछा मार्न गएको बेला राप्ती खोलामा घाइते भए।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

२ असार, नारायणगढ। गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ ।

कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?