+
+
Shares

भूमि बैंक बिचौलिया पोस्न ल्याइएको हो : शक्ति बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बजेटमा भूमि बैंक व्यवस्था बिचौलिया पोस्न ल्याइएको आरोप लगाए।
  • उनले भूमि बैंक किसानको हितलाई ध्यानमा राखेर नल्याइएको जिकिर गरेका छन् ।
  • सांसद बस्नेतले ऊर्जा विकास र पर्यटकीय क्षेत्रको विकासमा पनि सरकारको ध्यान नपरेको टिप्पणी गरे।

२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर उकास्न नभई सीमित व्यक्तिको हितलाई ध्यानमा राखेर भूमि बैंकको व्यवस्था गरिएको बताएका हुन् ।

‘गरिब किसानहरूलाई उत्पादनमा सहभागी गराउने, उनीहरूको माध्यमबाट भूमिको उत्पादकत्व वृद्धि गर्ने, किसानको वास्तविक जीवनमा परिवर्तन ल्याउने, सामाजिक न्यायलाई स्थापित गर्ने आजको आवश्यकता हो । तर भूमि बैंकले किसानका वास्तविक हितलाई सम्बोधन गर्ने छैन,’ उनले भने, ‘भूमि बैंकले सीमित व्यवसायीहरूलाई अझ तीभित्र पनि बिचौलियाहरूको पक्षपोषण गर्ने बढी सम्भावना देखिरहेको छु ।’

उनले भूमिका व्यवस्थापन ठिक ढंगले नभएको पनि बताए । पिँधमा बसेका जनताको बारेमा सरकारको कुनै चिन्त नरहेको पुष्टि भएको पनि उनले बताए ।
‘पीँधमा बसेका किसानबारे बजेटले चिन्ता गरेको छैन । किसानको जीवनमा आर्थिक उपार्जनको कुरा बजेटमा छैन,’ उनले थपे ।

सांसद बस्नेतले लामो समय लगाएर बनाइएको ऊर्जा विकासको मार्गचित्रलाई पनि बजेटले बेवास्ता गरेको बताए । यस्तै, सामान्य पूर्वाधार नहुँदा ओझेलमा परेका थुप्रै पर्यटकीय क्षेत्रको विकासतर्फ पनि सरकारको ध्यान नपुगेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?