+
+
Shares

संसद्‌मा सुमनाको योगासन

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएपछि रास्वपाको विरोधलाई वेवास्था गर्दै प्रतिनिधिसभाको कामकारबाही अगाडि बढेको छ । प्रतिपक्षमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले वेल घेराउ र नाराबाजीमा गरे।
  • संसद्‌मा विरोधका कारण बैठक अवरोध भए पनि सत्तापक्षले कामकारबाही अघि बढाएको छ।
  • नेकपा एकीकृत समाजवादीका सांसदले संसद् चलाउने अभ्यासलाई अस्वीकार गर्दै परम्परा विपरीत भएको बताए।

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू प्रतिनिधिसभाको बैठकमा वेल घेराउमा छन् । कहिले नाराबाजी त कहिले मौन रहेर वेल घेरा उगर्दै आएका उनीहरू कहिले उठ्छन् त कहिले पलेटी कसेर बस्छन् ।

यसक्रममा सांसद सुमना श्रेष्ठ योग आसनमा झैँ वेलमा बसिरहेकी छन् । आँखा चिम्लेर केही ध्यान गरे जस्तो गर्दै उनले संसद्‌मा विरोध जनाइरहेकी छ्न् ।

रास्वपा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय छानबिन आयोग बन्नुपर्ने अडानमा छ । नैतिकताको आधारमा गृहमन्त्री रमेशले लेखकले राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ ।

यही माग राखेर गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । तर, जेठ ३० गते सत्तापक्षसँग २ बुँदे सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाको कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपा भने आन्दोलनमै छ ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएपछि रास्वपाको विरोधलाई वेवास्था गर्दै प्रतिनिधिसभाको कामकारबाही अगाडि बढेको छ । प्रतिपक्षमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै आएको छ ।

प्रतिपक्षी दलको विरोधका बीच सभा सञ्चालन गरेको भनेर संसद्‌मा कतिपयले प्रश्न उठाइरहेका छन् । तर, सभामुखले त्यस्तो आग्रह सुनिरहेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला एउटा दल वेल घेराउ र नाराबाजीमा रहेका बेला सदन चलाउने अभ्यासले निरन्तरता पाउनु उचित ठान्दैनन् । यसले कस्तो नजिर राख्छ भन्ने चिन्ता लागेको उनले सुनाए ।

‘प्रतिपक्षी दलका सांसदहरू वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । हामी संसद् चलाइरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं ?’ रोष्ट्रमबाटै सांसद ज्वालाले प्रश्न गरे ।

सांसद ज्वाला बजेटमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका हुन् । तर, उनले सुरुमै अवरोधकाबीच संसद् चलाइएको भनेर असन्तुष्टि जनाए ।

संसदीय अभ्यास र परम्पराले यस्तो गर्न नदिने उनको बुझाई छ । ‘हाम्रो संसदीय अभ्यास र नियमावली विपरित यो खालको तरिकाले संसद् चलाउनुलाई दुःखद रुपमा लिन सकिन्छ’ सांसद ज्वालाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?