
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा. आरजु राणा ले इजरायल र इरानबीचको युद्धबारे जानकारी लिन इजरायली राजदूतसँग भेट गरे।
- उहाँले युद्धको अवस्थामा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभयो।
- इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिइएको छ।
२ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूतसँग भेट गरी इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे जानकारी लिएकी छन् ।
नेपालका लागि इजरायलका राजदूत स्मगलर एरी बाससँग परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री राणाले युद्धको अवस्थामा इजरालमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।
मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित अवस्थाका लागि आवश्यक सहायताको पहल गरिदिन राजदूत बासलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए । उनले युद्धको अवस्थाबारे जानकारी गराउँदै इजरायलमा रहेका नेपालसहित सबै देशका नागरिकको सुरक्षामा इजरायल सरकार गम्भीर रहेको बताएका थिए ।
इजरायल र इरानबीच युद्धको अवस्था निम्तिएपछि आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।
प्रतिक्रिया 4