+
+
Shares

अमरदीपले ल्याए सुनुवार भाषाको गीत ‘टुङ्ना ताप्स्यो’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनुवार भाषाको नयाँ गीत ‘टुङ्ना ताप्स्यो’ सार्वजनिक भएको छ, जसको रचना अमदीप सुनुवारले गरेका हुन्।
  • रचनाकार सुनुवारले आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण गर्न यो गीत सिर्जना गरेको बताए।

सुनुवार (कोइँच) भाषाको नयाँ गीत सार्वजनिक भएको छ । गीतको बोल छ, ‘टुङ्ना ताप्स्यो ।’ सुनुवार लोक लयमा आधारित गीतको अमदीप सुनुवारले रचना गरेका हुन् । मेला भर्न जाँदा यस्तो गीत गाउँदै रमाइलो गर्ने परम्परा छ ।

गीतको म्युजिक भिडियोमा त्यस्तै माहोल बनाइएको छ, जहाँ सुनुवार भेषभूषामा ठाँटिएका युवायुवती रमाइलो गरिरहेका छन् । यसमा सुजन सुनुवार, कल्पना सुनुवारलगायतको अभिनय छ । भिडियोलाई अमरदीप सुनुवारले निर्देशन गरेका हुन् ।

सुनुवारको रचनालाई रामकुमार पौडेलले संगीत दिएका छन् । यसमा कल्पना सुनुवारले भाका हालेकी छिन् । गीतको भिडियोले सुनुवारको मौलिक परम्पराको झल्को दिन्छ ।

आफ्नो भाषा, पहिचान र संस्कृति जोगाउने अभिप्रायले यो गीत सिर्जना गरिएको रचनाकार सुनुवारको भनाइ छ । नयाँ पुस्तालाई आफ्नो भाषा र संगीतप्रति गर्व गर्न प्रेरणा मिल्ने उनको अपेक्षा छ ।

सुनुवार भन्छन्, ‘भाषा मरे संस्कृति मर्छ । त्यसैले गीत, संगीत र कलामार्फत हामी आफ्नो पहिचान बनाइरहेका छौं ।’

भनिहालौं, सुनुवारले यसअघि ‘पृथ्वीको स्वेतपत्र’ शीर्षकको कवितासंग्रह प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?