+
+
Shares

राजा महेन्द्र-माओत्सेतुङका दूत पूर्वमन्त्री खगेन्द्रजंगको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २ असार, पोखरा। तत्कालीन राजा महेन्द्र शाहका विश्वास पात्र र पञ्चायतकालीन मन्त्री खगेन्द्रजंग गुरुङको निधन भएको हो।
  • उनी १९८८ को शिवरात्रिमा जन्मिएका थिए र उपचारका क्रममा बिहान नर्भिक अस्पतालमा निधन भएको छ।
  • खगेन्द्रजंगले राजा महेन्द्रको चिठी लिएर चिनियाँ नेता माओ-त्से तुङलाई भेट्न पुगेका थिए र उनी तत्कालीन समयमा उपमन्त्री थिए।

२ असार, पोखरा । तत्कालीन राजा महेन्द्र शाहका विश्वास पात्र तथा पञ्चायतकालीन मन्त्री लमजुङका खगेन्द्रजंग गुरुङको निधन भएको छ । १९८८ को शिवरात्रिमा जन्मिएका लमजुङका घनपोखराका खगेन्द्रजंगको नर्भिक अस्पताललमा उपचारका क्रममा बिहान निधन भएको हो ।

छोरी उमा गुरुङअनुसार, उपचारका क्रममा बिहान सवा ५ बजे उनको निधन भएको र वौध संस्कृतिअनुसार अन्त्येष्टि समेत भइसकेको छ ।

‘उहाँ केही दिनदेखि नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । बिहान सवा ५ बजे निधनपछि पशुपतिमा वौध संस्कृतिअनुसार अन्तेष्टिसमेत गरिसकेका छौं,’ छोरी उमाले अनलाइनखबरसँग भनिन् ।

खगेन्द्रजंग यस्ता दुर्लभ पात्र हुन्, जसले तत्कालीन राजा महेन्द्रको चिठी लिएर लामो यात्रा गर्दै चिनियाँ कम्युनिस्ट नेता माओ-त्से तुङलाई भेट्न पुगेका थिए । उनले माओसँग भेटेर उताबाट पनि पत्र ल्याएर महेन्द्रलाई दिएका थिए ।

महेन्द्र र माओका दूत खगेन्द्रजंग पञ्चालतकालमा २०१७ र २०२२ सालमा उपमन्त्री बनेका थिए । महेन्द्रले खगेन्द्रजंग मार्फत नै गुरुङ समुदायमा निर्दलीय व्यवस्था लागू गराउन र मनाङमा भूमि सुधार ऐन लागु गराउनसमेत काम गरेका थिए ।

राजा महेन्द्रको प्रिय पात्र भनिएका खगेन्द्रजंगको पछि भने दरबारसँग दूरी बढेको थियो । पछिल्लो समय उनी जातीय आन्दोलन तथा अधिकारको लडाईंमा थिए ।

बहुदलपछि जनजाति पार्टीका अध्यक्षसमेत बनेका खगेन्द्रजंगले खालेको दललाई निर्वाचन आयोगले मान्यता दिएको थिएन । उनको श्रीमतीको दुई वर्ष अगाडिमात्रै निधन भएको थियो ।
उनका एक जना छोरासमेत यसअघि नै हङकङमा बितेको थियो भने अर्को छोरा पनि विदेश नै रहेको परिवार स्रोतले जनाएको छ । उनका ४ छोरी छन् ।

खगेन्द्रजंग पछिल्लो समय ज्येष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका थिए । उनको निधनसँगै नेपाली राजनीतिक इतिहासको एउटा खम्बा ढलेको उनका आफन्तसमेत रहेका प्राडा जगमान गुरुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?