+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धितोपत्र कारोबारमा संलग्न व्यक्ति बोर्डमा रहन नसक्ने, के गर्लान् सारुले ?

सारुले श्रीमतीको नामबाट ब्रोकर कम्पनीको सेयर लगानी गर्दा धितोपत्र बोर्ड सञ्चालक रहन सक्ने/नसक्ने स्पष्ट व्यवस्था नहुँदा के गर्लान् भन्ने प्रश्न उब्जिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले सञ्चालक निलबहादुर सारुले श्रीमतीको नामबाट लगानी गरेको विषयमा स्पष्टता नहुँदा विवाद उत्पन्न भएको छ।
  • सारुले आफ्नो श्रीमतीको नामबाट हातेमालो फाइनान्सियल सर्भिसेसको सेयरमा लगानी गरेको र ऐन अनुसार परिवारका सदस्यको लगानीको विषयलाई छोएको छैन।
  • धितोपत्र बोर्डले स्वार्थको द्वन्द्व नियन्त्रण गर्न र कार्यान्वयन नगरेको अध्ययन प्रतिवेदनलाई छिट्टै कार्यान्वयन गर्ने योजना बनाएको छ।

२ असार, काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक निलबहादुर सारु अप्रत्यक्ष रूपमा धितोपत्र व्यवसायसँग आबद्ध देखिएका छन् ।

सारुले श्रीमतीको नामबाट ब्रोकर कम्पनीको सेयर लगानी गर्दा धितोपत्र बोर्ड सञ्चालक रहन सक्ने/नसक्ने स्पष्ट व्यवस्था नहुँदा के गर्लान् भन्ने प्रश्न उब्जिएको हो ।

धितोपत्र ऐन २०६३ को दफा ११ अनुसार बोर्ड अध्यक्ष तथा सदस्य धितोपत्र व्यवसायमा संलग्न व्यक्ति योग्य हुँदैन । ऐन अनुसार प्रत्यक्ष संलग्न भएको व्यक्ति भन्ने बुझिन्छ । तर, सारुले आफ्नो नभई आफ्नी श्रीमतीका नामबाट हातेमालो फाइनान्सियल सर्भिसेसको २ लाख ५० हजार कित्ता सेयरमा लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

धितोपत्र बोर्ड अध्यक्ष वा सञ्चालकका हकमा परिवारका सदस्यको लगानीको विषयलाई छोएको छैन । तर, स्वर्थको द्वन्द्व हुने भएकाले सञ्चालक आफैंले सोच्नुपर्ने विषय भएको बोर्डका अन्य उच्च अधिकारीहरूको भनाइ छ ।

नैतिकतालाई आधार बनाउने हो भने ब्रोकरमा लगानी भएको व्यक्ति धितोपत्र बोर्डको सदस्यमा रहन नहुने बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए ।

‘नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि बोर्डको सदस्य हुन व्यवस्था हटाउने गरी धितोपत्र विधेयक तयार भएको छ,’ कार्कीले भने, ‘अझ धितोपत्र दलाल कम्पनीमा लगानी गरेको परिवारको व्यक्ति बोर्डको सञ्चालक हुन सक्ने भन्ने नै भएन ।’

धितोपत्र बजारको सुधारका लागि पनि यस्ता स्वार्थको द्वन्द्व नियन्त्रण गर्न आवश्यक रहेका उनले बताए ।

धितोपत्रसँग सम्बन्धित ऐन तथा नियममा बोर्ड अध्यक्ष र सदस्य हुन धितोपत्र व्यवसायमा संलग्न भएको व्यक्ति अयोग्य हुनेमात्र उल्लेख छ । त्यसबाहेक उसको परिवारका सदस्यले गर्न सक्ने÷नसक्ने र परिवारको परिभाषाले समेट्ने सदस्यहरूको सम्बन्धमा केही लेखिएको छैन ।

तर, सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ अनुसार ‘एकाघरको परिवार’ भन्नाले सम्बन्धित व्यवस्थापक तथा कर्मचारीको पति, पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूमा आश्रित दाजु, भाइ, दिदी र बहिनीसम्म नातालाई समेट्छ । साथै, धितोपत्र बोर्डका कर्मचारीका सन्दर्भमा पनि कर्मचारी नियमावलीले तोकेको छ ।

धितोपत्रसँग सम्बन्धित ऐन तथा नियममा बोर्ड अध्यक्ष र सदस्य हुन धितोपत्र व्यवसायमा संलग्न भएको व्यक्ति अयोग्य हुनेमात्र उल्लेख छ । त्यसबाहेक उसको परिवारका सदस्यले गर्न सक्ने/नसक्ने र परिवारको परिभाषाले समेट्ने सदस्यहरूको सम्बन्धमा केही लेखिएको छैन ।

यसभन्दा अघि धितोपत्र बजारमा सूचीकृत कम्पनीको सञ्चालक रहेका उद्यमी चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिका रूपमा धितोपत्र बोर्ड सञ्चालक भएका थिए । पछि उनले सूचीकृत कम्पनीको लगानीकर्ता भएको व्यक्ति तिनै कम्पनीको नियामकमा जाँदा स्वार्थको द्वन्द्व हुने भन्दै राजीनामा दिएका थिए । सारुको सन्दर्भ ढकालको भन्दा निकै फरक छ ।

धितोपत्र बोर्डले हातेमालो ब्रोकरलाइ कारबाही गर्ने तयारी गरेको महिनांै बितिसकेको छ । बोर्डले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । सेयर कारोबार दीपेन्द्र अग्रवाल विरुद्ध परेका उजुरीका आधारमा अनुसन्धान गर्दा अग्रवाललाई गैरकानुनी काम गर्न हातेमालोले पनि सहजीकरण गरेको भन्दै १० लाख रुपैयाँ जरिबाना र हदैसम्मको कारबाही गर्न अनुसन्धानले सुझाए पनि कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन ।

बोर्डले आफंैले गरेको अध्ययन प्रतिवेदन कार्यान्वयन नगर्ने भन्ने प्रश्नमा बोर्ड उच्च अधिकारीले कुनै पनि हालतमा गर्ने बताउँछन् ।

अध्ययन प्रतिवेनदका केही प्रक्रिया बाँकी भएकाले कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । उक्त प्रतिवेदनलाई कसैले प्रभाव पारेर नरोकिने र आगामी दिनमा छिट्टै कारबाही प्रक्रिया अघि बढ्ने बोर्डका अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?