 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले ‘सधैं अन करोडपति’ योजना १ असारदेखि १२ हप्तासम्म सञ्चालन गर्ने घोषणा गरेको छ।
- यस योजनामा सहभागी हुन ग्राहकले न्यूनतम ९९ रुपैयाँ सेवा खरिद गर्नुपर्नेछ र नगद पुरस्कारको जित्ने मौका पाउनेछन्।
- ग्राहकहरूले टिकट हेर्न, योजना बारे जानकारी लिन र पुरस्कार विजेताको घोषणा हेर्न एनसेल एप, वेबसाइट र अन्य माध्यम प्रयोग गर्न सक्नेछन्।
२ असार, काठमाडौं । एनसेलको सधैं अनले ग्राहकहरूलाई सम्पर्कमा रहिरहन र सुलभ शुल्कमा अनलाइनमा रहनमात्र होइन, अब ग्राहकका लागि ‘सधैं अन करोडपति’ योजना पनि सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यतिमा मात्रै सीमित छैन, हरेक हप्ता १० भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहने छ ।
त्यसका साथै यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डाटा, भ्वाइस वा डिजिटल सेवा लगायत विभिन्न सेवा बोनस स्वरूप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खाली नजाने योजना बनेको छ ।
‘सधैं अन करोडपति’ योजना १ असारदेखि लागु भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा त्यसभन्दा माथिको कुनै पनि एनसेल सेवा, जस्तै नयाँ सिम, डाटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्र अनुसार सञ्चालन हुनेछ ।
‘यो मनसुनमा एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडिराख्ने हाम्रो प्रतिबद्धता बमोजिम हामी हाम्रो ‘सधैं अन’ पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं । १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकाले योजना विशेष बनेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।
ग्राहकहरूले १२३ डायल गरी वा नजिकको आधिकारिक खुद्रा बिक्रेता वा एनसेल सेन्टरमा गई अथवा एनसेल एप, एनसेल वेबसाइट मार्फत एनसेल सेवा लिन सक्ने जनाइएको छ । त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्म मार्फत एनसेल सेवा लिन सकिन्छ ।
हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको एउटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने उनीहरूले पाँच वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो, जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकलाई सेवा खरिदपछि उनीहरूले पाएको आफ्नो टिकट हेर्न सकिने लिंक तुरुन्तै एसएमएस मार्फत पठाइने छ । एनसेल एपमार्फत, ९९९९ डायल गरेर वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकट हेर्न सक्ने व्यवस्था गरिएको छ ।
यस योजनाको अर्को विशेषता भनेको रिन्युअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा एउटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्युअल वा रोमिङ हो भने ग्राहकले दुइटा टिकट प्राप्त गर्दछन् ।
कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहक यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्युअलमा टिकट स्वचालित रूपमा जारी हुन्छन् ।
यस योजना अवधिभरि प्रत्येक आइतबार साँझ ६ः३० देखि ७ बजेसम्म एनसेल युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टीभीमार्फत प्रसारण हुने कार्यक्रम मार्फत नगद पुरस्कार विजेता घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेतालाई सिधै सम्पर्क गर्ने छ ।
थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् । यसैगरी एनसेलको वेबसाइटमा गई वा एनसेल एप डाउनलोड र लगइन गरी यससम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4