+
+
Shares

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच सिंहदरबारमा भेटवार्ता भएको हो।
  • भेटमा संसद सन्चालन र सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो।
  • भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने रास्वपाको अडानका कारण संसद बैठकमा कामकारबाही सुचारु हुन सकेको छैन।

३ असार, काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यही छलफलका कारण आज दिउँसो एक बजे बस्ने भनिएको संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।

तर सभामुखले बैठक सन्चालन गरेको भन्दै उनको आलोचना पनि भएको छ ।

नेकपा माओवादी केन्द्रले पनि सुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसदमा विरोध जनाएको थियो ।

तर पछि भिजिट भिसाको नाममा हुने अनियमिताको विषयमा छानविन गर्न एक महिनाभित्र समिति बनाउने सहमतिसँगै अवरोध हटाउन तयार भएको थियो ।

गृहमन्त्री लेखकसँगको भेटलगत्तै सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?