+
+
Shares

एडिनबर्गमा हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव’को लाइनअप घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’को लाइनअप सार्वजनिक भएको छ, जसमा ४१ फिल्म सहभागी छन्।
  • फिल्म महोत्सवमा छोटा, वृत्तचित्र, र आदिवासी भाषाका फिल्महरू प्रदर्शन र पुरस्कार प्राप्त गर्नेछन्।
  • महोत्सवको आयोजना नेपाल स्कटल्याण्ड सोसाइटी र नेपाल चलचित्र निर्देशक समाज तथा महासंघले गरेका हुन्।

काठमाडौं । स्कटल्याण्डको एडिनबर्गमा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’मा प्रदर्शन हुने फिल्मको लाइनअप सार्वजनिक भएको छ । १५ छोटा फिल्म, १३ आदिवासी जनजाति भाषा र ८ आदिवासीको कथामा बनेका नेपालीसहित ४१ फिल्म सहभागी हुने जनाइएको छ ।

छोटो फिल्म (सर्ट फिल्म)तर्फ बेङठा (निर्देशक इन्द्रबहादुर परियार), डेभिनेसन (निर्देशक गोपाल आचार्य), अदेख (निर्देशक अयुब केसी), जंगलमा (निर्देशक विवेक रामदाम), खिल (निर्देशक विकास मगर), कलर अफ टि (निर्देशक राज कुमार लामिछाने) प्रदर्शन हुनेछन् ।

द ब्ल्याकपिग (निर्देशक नवीन मेन्याङबो), लौलसा परहेके (निर्देशक बिनोद पुडासैनी), द ब्लु स्काई (निर्देशक निर्मल पौडेल), फेके ( मदर टंग, निर्देशक टोमा लामा), माता (निर्माता उमा कार्की ), नाम्लो (जर्नी अफ पोटर्स निर्देशक हेमन तामाङ), रिभा (निर्देशक प्रसिस बज्राचार्य), सन्ते (निर्देशक दिपक तामाङ), टरक्युसी (निभ बज्राचार्य) तथा एप्रोन (निर्देशक किरन प्रसाद धिताल) पनि स्क्रिनिङ हुनेछन् ।

वृत्तचित्रतर्फ गा घर (निर्देशक दीपनारायण राजवंशी), वडाहाङने (पापनी निर्देशक जस कुमार राई), गल्र्स रीराइटिङ डेस्टिनी (निर्देशक लव प्याकुरेल), द एभरेस्ट मम (निर्देशक संगिता श्रेष्ठ), डिभाइन डाईलीमा (निर्देशक केपी पाठक) पनि छन् ।

आदिवासी फिल्मतर्फ ‘मा कर्तव्य आर संघर्ष’ (निर्देशक सन्तोष सरकार), गले वाना (निर्देशक अनयुक्ता स्थापित), अस्तु (निर्देशक दीपक तामाङ लामा), लोजिमा (निर्देशक सागर सुब्बा), हाङनन्द (निर्देशक विजय संयोक सुब्बा), मुखिया (निर्देशक प्रीतम गुरुङ) प्रदर्शन हुनेछन् ।

नाम्लोर जर्नी अफ पोर्टर्स (निर्देशक हेमन तामाङ), सेमिफुङ (निर्देशक रन वीर लिम्बु), सुगुप (निर्देशक लोकेन साबा लिम्बू), चे (निर्देशक सागर केरुङ), युप्पारुङ (निर्देशक रबिन श्रेष्ठ), जितिया (परशुराम चौधरी), लाखे आजु (निर्देशक आर्यन नकर्मी), नाक्छोङ (निर्देशक किरन राई) छन् ।

आदिवासी जनजातिका कथा समेटिएका नेपाली भाषाका फिल्मलाई पनि पुरस्कृत गरिने भएको छ । यो विधामा ‘गाउँ आएको बाटो’ (निर्देशक नवीन सुब्बा), अञ्जिला (मिलन चाम्स), कार्साङ (निर्देशक यम शेर्पा), घरज्वाइँ (निर्देशक अनिल बुढा मगर), खुश्मा (निर्देशक अशोक थापा), गोर्खा वारियर (मिलन चाम्स) तथा टुल्की (निर्देशक देव थापा) छन् ।

सहभागी फिल्मलाई निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, छायांकार, सम्पादक, डेब्यु निर्देशक र डेब्यु अभिनेत्री विधामा पुरस्कृत गरिने भएको छ । १९ जुलाईमा अञ्जिला, लाखे आजु, कर्साङसहित छोटा फिल्म प्रदर्शन गरिने भएको छ ।

सो दिन आदिवासी जनजातिका खानाका परिकार, पहिरन, प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गरिने जानकारी फेस्टिभल निर्देशक अरुणकुमार प्रधानले जानकारी दिए ।

महोत्सवका लागि सबै तयारी पुरा भैसकेको र प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे हुने जनाइएको छ ।

पहिलो पटक बेलायतमा हुन लागेको यो महोत्सवमा मुख्य आयोजक नेपाल स्कटल्याण्ड सोसाइटी तथा नेपालको तर्फबाट संयोजकको रुपमा नेपाल चलचित्र निर्देशक समाज तथा नेपाल चलचित्रकर्मी महासंघ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?