+
+
Shares

जोर्डनको बाटो हुँदै फर्कदैछन् इजरायल पुगेका विराटनगरका मेयर

मेयर कोइराला जेठ २७ इजरायल पुगेका थिए । उनी पुगेपछि इजरायल र इरानबीच युद्ध सुरु भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरालयमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला जोर्डनबाट नेपाल फर्किने तयारीमा छन्।
  • उनी इजरायलमा रहेका बेला इरान–इजरायल युद्ध सुरु भएको थियो र कार्यक्रम रोकिएको थियो।
  • कोइराला जोर्डनबाट ओमान र कुवेतको बाट हुँदै नेपाल आउने उनका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिए।

३ असार, विराटनगर । इजरायलमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला जोर्डन हुँदै नेपाल फर्किने भएका छन् ।

कृषिकर्म र सहकारी अभ्यासबारे अवलोकनका लागि इजरायल पुगेका कोइराला इरान–इजरायल युद्धका कारण उतै रोकिएका थिए । मंगलबार उनी जोर्डनबाट ओमान हुँदै नेपाल फर्कन लागेका हुन् ।

मेयर कोइराला जेठ २७ इजरायल पुगेका थिए । उनी पुगेपछि इजरायल र इरानबीच युद्ध सुरु भयो ।

युद्धका कारण उनी सहभागी हुने भनिएको सबै कार्यक्रम रोकिएको थियो । दुई देशबीच आक्रमण सुरु भएका कारण उनी बंकरमा बसेका थिए ।

मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठका अनुसार जोर्डनबाट ओमान र  कुवेतको बाटो हुँदै कोइराला नेपाल आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?