+
+
Shares

मिस पबी ‘एजुकेसन एन्ड माइग्रेसन कर्नर’को प्रवर्धन दूतमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस पबीले काठमाडौंस्थित शैक्षिक परामर्श संस्थासँग अनुबन्धित भएकी छन्।
  • संस्थाका प्रमुख सुनिल उप्रेतीले उनलाई स्वागत गरे र उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने बताए।
  • उनी सामाजिक संजालका लागि कन्टेन्ट क्रिएसन र प्रवर्धनमा सघाउनेछिन्।

काठमाडौं । कलाकार मिस पबी एक शैक्षिक परामर्श संस्थासँग अनुबन्धित भएकी छन् । आयोजित समारोहमा उनी शैक्षिक परामर्शदातृ संस्था एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिएकी हुन ।

संस्थाका प्रमुख सुनिल उप्रेतीले उनलाई संस्थामा स्वागत गरे । १८ वर्षदेखि शैक्षिक परामर्शदाताको रूपमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया, बेलायत, अमेरिका, युरोप, जापान र क्यानडा लगायतका मुलुकमा विद्यार्थी पठाउँदै आएको छ ।

संस्थाले काठमाण्डौं, चितवन, दमक, इटहरी, विर्तामोड र अस्ट्रेलियाको सिड्नी लगायतका सहरबाट सेवा दिँदै आएको छ । ‘पुरानो र विश्वासिलो संस्थासँग जोडिएर सहकार्य गर्ने अवसर मिलेकोमा मलाई खुसी लागेको छ । संस्थाको प्रगतिको लागि समर्पित हुनेछु’ उनले भनिन् ।

संस्थासँग जोडिएलगत्तै उनले प्रवर्धनमा सघाउनेछिन् । सामाजिक संजालको लागि कन्टेन्ट क्रिएसन गर्नेछिन् । वास्तविक नाम पवित्रा साँखी रहेकी मिस पबीलाई संस्थामा स्वागत गर्न पाउँदा प्रमुख सुनिल उप्रेतीले खुसी जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?