+
+
Shares

मंगलबार एयर इन्डियाका ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते २३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एयर इन्डियाले बोइङ ७८७–८ ड्रिमलाइनरमा समस्या देखिएपछि ६ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ।
  • अहमदाबादमा गत साता भएको दुर्घटनापछि सुरक्षा जाँच कडा गरिएको छ र विभिन्न उडानहरूमा समस्या आएको खबर छ।
  • सुरक्षा चासो र उडान समस्या बढ्दै गएपछि एयर इन्डियाले थप सतर्कता अपनाएको छ।

३ असार, नयाँ दिल्ली । एयर इन्डियाले मंगलबार बोइङको ७८७–८ ड्रिमलाइनरमा समस्या देखिएकाले ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । अहमदाबादमा गत साता भएको दुर्घटनापछि सुरक्षा जाँच अझै कडा गरिएको छ ।

मंगलबार रद्द गरिएका उडानमा दिल्ली–दुबई (एआई ९१५), दिल्ली–भियना (एआई १५३), दिल्ली– पेरिस (एआई १४३), अहमदाबाद–लन्डन (एआई १५९), बेंगलुरु–लन्डन (एआई १३३) अनि लन्डन–अमृतसर (एआई १७०) रहेका छन् । साथै, एक उडान (एआई ३१५) हङकङमा समस्या आएर फर्किनुपर्यो ।

आज सान फ्रान्सिस्को–मुम्बई उडानमा पनि कोलकाता पुग्दा समस्या देखिएको थियो । एयर इन्डियाले सम्पूर्ण यात्रुलाई बाहिर निकालेको थियो । जर्मनीको फ्रान्सफर्टदेखि हैदराबाद अनि बेलायतको लन्डनदेखि चेन्नई जान लागेका दुई वटा बोइङ पनि सुरक्षा जाँचको लागि फर्काइएको थियो ।

एआई १४३ उडानको पूर्वजाँचमा समस्या देखियो । मर्मतको समयमा ढिलो हुनाले पेरिसको चार्ल्स डे गाल एयरपोर्टको रातको सञ्चालन सम्बन्धी नियममा परेर उडान हुन सकेन ।

अहमदाबाद–गेटविक उडान भने सुरक्षा जाँचको व्यवस्था नभएकाले रद्द गरिएको एयर इन्डियाले जनाएको छ । गत जुन १२ मा यही अहमदाबाद-गेटविक उडानका क्रममा टेकअफको केही सेकेन्डमै विमान दुर्घटना हुँदा हालसम्म २५० भन्दा धेरैको ज्यान गएको छ ।

समस्याहरू एक साथ आइरहेकाले सुरक्षा सम्बन्धी चासो पनि थपिएको छ । एयर इन्डियाको उडानमा हरेक दिन समस्या आएको खबरहरू पनि बाहिर आइरहेका छन् ।

-एनडिटिभीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?