+

बिलि जिन किङ कपमा नेपालको विजयी सुरुवात

२०८२ असार  ३ गते २३:३० २०८२ असार ३ गते २३:३०
बिलि जिन किङ कपमा नेपालको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले श्रीलंकाको कोलम्बोमा भइरहेको बिलि जिन किङ कपको समूह ‘बी’ मा म्यान्मारलाई २–१ ले पराजित गर्यो।
  • अजय विष्टले जनाएका छन् कि नेपालकी शिभाली गुरुङ र अभिलाषा विष्टले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरे।
  • नेपालले बुधबार कतार विरुद्ध खेल्नेछ।

३ असार, काठमाडौं । श्रीलंकामा भइरहेको बिलि जिन किङ कपमा नेपालले मंगलबार विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ को खेलमा नेपालले म्यान्मारलाई २–१ ले पराजित गरेको नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।

श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा निलर विनले नेपालकी शिभाली गुरुङलाई ७–५, ४–६ र ६–१ ले पराजित गरिन् ।

अर्को सिंगल्समा नेपालकी अभिलाषा विष्टले टे टे मिन्टलाई ६–२ र ६–३ को सोझो सेटमा हराइन् ।

डबल्समा शिभाली र अभिलाषाको जोडीले थिरी सियोन र निलरको जोडीलाई ७–५ र ७–६ ले पाखा लगाए ।

नेपालले बुधबार कतार विरुद्ध खेल्ने छ ।

बिलि जिन किङ कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय