+
+
Shares

घोराहीको ट्राफिक चोक नजिकको बस्तीमा पस्यो बाढी

दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतमा धमिलो पानी पसेको छ । स्थानीयवासी मोटर चलाएर र भाँडामा भरेर पानी फ्याँकिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १०:१३

४ असार, दाङ । दाङको घोराहीस्थित ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।

घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्राय: सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।

उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् ।

उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।

नजिकैको कटुवा खोलाको पानीलाई कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाही लगायतका ठाउँतिर सिंचाइका लागि लगिएको छ । सो कुलोभन्दा पूर्वतर्फ तल शिरडी साई मन्दिर टोल छ । कटुवा खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?