+
+
Shares

बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार ४ गतेसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।
  • वाणिज्य बैंकहरूले ६२ खर्ब ६२ अर्ब र विकास बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
  • निक्षेप रकमको आधाभन्दा बढी मुद्दती निक्षेपमा रहेको र बैंकहरूले ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

४ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो रकम ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुमा ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने विकास बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ४० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन भएको छ । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप रकममध्ये आधाभन्दा बढी मुद्दती निक्षेपमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?