
एआईद्वारा निर्मित प्रतिकात्मक तस्वीर
४ असार, चितवन । सरकारले चितवनको भरतपुर महानगरपालिका- १५ शिवनगरमा १ सय बेड क्षमताको आयुर्वेद अस्पताल बनाउनका लागि जग्गा दिएको छ ।
मन्त्रीपरिषद्को असार २ गते बसेको बैठकले सो अस्पतालका लागि दुई विघा १३ कठ्ठा, १५ धुर सार्वजनिक जग्गा दिने निर्णय गरेको हो ।
विगतमा जग्गा प्राप्तीका लागि धेरै प्रयास भए पनि उपलब्ध नहुँदा अस्पताल बनाउने योजना अघि बढ्न सकेको थिएन ।
संघीय सरकारले सो आयुर्वेद अस्पतालका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा नहुँदा भवन निर्माण हुन सकेको थिएन ।
अस्पतालका लागि विगत तीन वर्षदेखि जग्गाको खोजी हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4